डा. सुनील शर्मा स्थानीयको स्वास्थ्य उपचारमा सक्रिय, एकैदिन तीन ठाउँमा निःशुल्क शिविर
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनील शर्मा स्थानीयको स्वास्थ्य उपचारका लागि निकै संवेदनशील हुँदै गएका छन् । उनले स्थानीयको उपचारका लागि सक्रियता पनि उत्तिकै बढाउँदै लगेका छन् ।
‘मैले सयौं विद्यार्थीलाई निःशुल्क पढाएँ । डाक्टर, स्वास्थ्य प्राविधिक बनाएँ । मृत्युसँग संघर्ष गरिरहेकाहरूलाई एक रुपियाँ नलिई उपचार गराएँ । बिरामीको कुरुवालाईसमेत खान दिएर उपचारमा सहयोग गरें । मैले न बिरामीलाई पार्टी सोधें । न कुन चिन्हमा मत हाल्छौ भनेर नै सोधें ।
क्षेत्र नं. ३ मा सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे र कानेपोखरीका २६ वडा पर्छन् । अहिले सो क्षेत्रमा दैनिक तीन वटासम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ । शिविरमा नोबेल अस्पतालका विशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।