देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने

काठमाण्डाै – देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आउँदो हप्तासम्म नै मनसुन सक्रिय भइ देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले विशेष बुलेटिन निकालेर जानकारी दिएको हो । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको र आउँदो हप्तासम्म नै झरी पर्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । यही बुधवारदेखि मौसम थप सक्रिय भएको हो । आज शुक्रवार मकवानपुर, दोलखा, इलाम, सिन्धुली, दाङ, बाँकेलगायतका जिल्लामा पानी ...