काठमाडौं : चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गी रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ। चनपा–४ स्थित उक्त अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचारसमेत भइरहेको छ।
नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेङ्गीको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए। 'नगर क्षेत्रभित्र…