नेपाली सेनाका सहायक रथी अधिकारीको म्याद थपप्रति सांसद पन्तको आपत्ति

काठमाडौँ : नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाएका छन्।आइतवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रोपटक म्याद थप गरिएकोप्रति आपत्ति जनाएका हुन्। अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका हुन्।उनले नेपाली सेनामा कुनै एक अधिकृतको दोस्रोपटक म्याद थप भएको यो पहिलो घटना भएको भन्दै यस विषयमा रक्षामन्त्रीको जवाफ माग गर