बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाचौं संस्करणको उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहिमाडौंले जितेको छ । देहिमाडौंले साविक विजेता दनपा ६ थालिगडालाई ७९ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो । यो संगै देहिमाडौं उपमेयर कपमा तेस्रोपटक विजेता बन्यो । यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । […]