काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले फोहोर विसर्जनका लागि निकास निकाल्न र स्थानीयवासीको समस्या समाधान र गुनासो सुन्न सिसडोल क्षेत्रको अनुगमन गरेका छन्। अनुगमनका क्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र यहाँको सारा दुर्गन्ध हटाउन सकिने बताए।भिडियो :त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले सुनाए। ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ। मल र ग्यास पनि बनाइन्छ। त्यसका ला