काठमाण्डाै – डाक्टर गोविन्द केसी काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसी अनशनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो ।
सात बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेको १० औँ दिनमा उहाँ आज बुधवार आफ्नै खर्चमा काठमाण्डाै आउनुभएको हो । अस्पताल भर्ना भए पनि अनशन जारी रहने उहाँका सहयोगी डा. अमृत जैसीले बताउनुभयो ।
सरकारले हिजो मङ्गलवार नै नेपाली सेनाको जहाजमार्फत काठमाण्डाै ल्...