संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चार दिनअघि इथियोपियामा पक्राउ परेका राष्ट्रसंघका १० कर्मचारीलाई तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ । महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्ति अनुसार महासचिवलाई कर्मचारीलाई पक्राउ गर्नाको खास कारणबारे कुनै जानकारी दिइएको छैन र उनीहरूलाई पुष्टि हुने खालको आरोप पनि लगाइएको छैन। संयुक्त राष्ट्रसंघका कर्मचारीहरूले इथियोपियामा महत्त्वपूर्ण र निष्पक्ष काम गरिरहेका छन् […]