अब बैंक तथा वित्तीय संस्थाहरूले आफूले सञ्चालन गरेको भुक्तानी सम्बन्धी कार्यको सम्पूर्ण विवरण सात दिन भित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने भएको छ । केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८, अ.प्रा.निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सो व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ कारोबार सञ्चालन गरेको तथा एटिएम मेसिन रहेको स्थानको विवरण सञ्चालन मितिले सात दिन भित्र राष्