त्रिवि उपकुलपति नियुक्तिमा माओवादीभित्रै दुई धार

सत्तारूढ माओवादी केन्द्रभित्र त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयनमा दुई धार देखिँदा नियुक्तिमा ढिलाइ भएको छ । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल र माओवादी केन्द्रका दोस्रो तहका केही नेताले त्रिवि शिक्षाशास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीलाई नियुक्त गर्न चाहेकाले नियुक्तिमा ढिलाइ भएको स्रोतले जनाएको छ ।