राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।प्रस्तावको पक्ष र विपक्षमा ध्वनि मत विभाजन गर्दा प्रस्तावको पक्षमा सबैजसो सांसदले ‘हुन्छ’ भनेका थिए । ‘हुँदैन’ भन्ने पक्षमा आवाज नआएको भन्दै अध्यक्ष तिमिल्सिनाले प्रस्ताव पारित भएको