दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२, दोलखा बजारमा रहेको करिब चार सय वर्ष पुराना भवन जीर्णोद्धार र पुनर्निर्माणको पर्खाइमा छन् । यहाँका पुरन्छेँ र तत्कालीन मुद्रा सङ्ग्रहालयको भवन पुनर्निर्माण हुन नसकेका हुन् । पुरन्छेँ ३८५ वर्ष पुरानो हो भने मुद्रा सङ्ग्रहालय विसं १५९१–१६०५ बिचमा निर्माण भएको हो ।