लमजुङ : डेङ्गु सङ्क्रमणका कारण लमजुङका २३ वर्षीया चाँदनी अधिकारीको मृत्यु भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन लगिएको थियो। डेङ्गु सङ्क्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अधिकारी विगत डेढ वर्षदेखि लमजुङ सुन्दरबजार नगरपालिकास्थित रेडियो भोटेओ