पूर्वका ठूला सहर विराटनगर, इटहरी र धरानमा कांग्रेसको अग्रता कायमै

प्रदेश नम्बर एकका तीन ठूला शहरको मेयर पदको पछिल्लो मत मतगणाम अनसार नेपाली कांग्रेसले तीनै ठाउँमा अग्रता कायमै राखेको छ। विराटनगर महानगरपालिका, इटहरी र धरान उप–महानगरपालिकाको मतगणनामा आफ्नो परम्परागत प्रतिद्वन्द्वी नेकपा एमालेलाई कांग्रेसले पछाडि छाडेको हो। विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीले ६७७ मतको अन्तर बनाएका छन्। उनले एमालेका विनोद ढकालविरुद्ध २३५३ मत प्राप्त…