काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिट बाँडफाँटको विषयलाई लएर गठबन्धन भित्र कुनै असहमति नरहेको दाबी गरेका छन्।उनले कर्णाली प्रदेशमा माओवादी केन्द्रको राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उस्तै उनले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने पनि बताए।