लेनिन बिष्ट प्रकरण : गृहले प्रधानमन्त्रीलाई पठायो लिखित जवाफ, रकम हिनामिनाको आरोप :: Pahilopost.com

काठमाडौं : पूर्व लडाकु लेनिन बिष्टलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको विषयमा गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ पठाएको छ। मंगलवार दिउँसो गृह मन्त्रालयले कारणसहित लिखित जवाफ प्रधानमन्त्री कार्यालयलाई पठाएको हो। गृहले प्रधानमन्त्रीलाई पठाएको जवाफमा बिष्टले आर्थिक हिनामिना गरेको र अन्तर्राष्ट्रिय जगतमा पार्ने असरबारे उल्लेख गरिएको गृह मन्त्रालय स्रोतले