मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा मोरङले आज बुधवार आयोजना गरेको आमसभामा बोल्दै उहाँले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताउनुभयो । उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बन्नेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो ।
विगत ३१ वर्षदेखि राजनीतिक दलहरूकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उहाँले भत्रुभयो, ‘अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।&rsq...