कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानको गोठमै पुगेर पशुहरुको उपचार सुरू गरेको छ ।
पशुको बाँझोपन तथा अन्य रोगहरुको उपचारका लागि पशुविज्ञको टोली किसानको गोठगोठमै पुगेका हुन् ।
लुम्बिनी प्रदेश सरकारको कार्यक्रम अनुसार प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका भित्रका व्यबसायिक किसानहरुको गाइ भैसीको उपचार गर्न ‘डोर टु डोर’ कार्यक्रम सुरू गरिएको कार्यालय प्रमुख उत्तम आचार्यले बताउनुभयो । तीन चरणमा यो कार्यक्रम चलाइने आचार्यको भनाइ छ ।