ठगी नियन्त्रण गर्न मलेसियामा श्रम कानुन संशोधन

मलेसियाले नेपालीलगायत आप्रवासी कामदारको सुरक्षाका लागि श्रम कानुन परिमार्जनको प्रक्रिया थालेको छ । मलेसियाले १४ देशका श्रमिकको सुरक्षामा थप ध्यान दिँदै विद्यमान श्रम कानुनमा संंशोधनको प्रक्रिया थालेको हो । रोजगारीका लागि जाने युवासँग चर्को सेवा शुल्क लिएको सम्बन्धमा नेपालले गरेको अनुरोधपछि मलेसिया सरकारले विदेशी कामदार माग गर्ने सम्बन्धमा कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको हो ।