काठमाडौं । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध कडा कदम चाल्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई अपिल गर्नुभएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनी नागरिकहरुको नरसंहार गरेको प्रमाण भेटिंदा पनि सुरक्षा परिषद्ले केही गर्न नसक्नु लाचारी भएको तर्क गर्नुभयो । सुरक्षा परिषद्को विद्यमान नियम कानुनमा संशोधन गरेर […]