मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने म्याद थपियो

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भइ गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको सो आईपीओमा अब साउन ३२ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक...

सम्बन्धित सामग्री

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने समय थपियो

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि सार्वजनिक गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप गरेको छ। वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन भएको थियो। यसअघि आजसम्म मात्र तोकिएको आवेदन मिति साउनको ३२ गतेसम्ममा बढाइएको हो। निषेधाज्ञाका कारण रोकिएको आईपीओ आवेदन रोकिएर साउन ५ गतेदेखि पुन निष्कासन गरिएको थियो।