काठमाडौँ- गण्डकी प्रदेशको पोखरामा आयोजना हुने सातौँ राष्ट्रिय हाप्किडो प्रशिक्षक प्रशिक्षण तथा रेफ्री सेमिनारमा ग्लोबल हाप्किडो एसोसिएसनका अध्यक्ष सिनियर ग्रान्डमास्टर हि क्वान ली नेपाल आउने भएका छन् । १४ देखि १६ अक्टोबरसम्म आयोजना हुने राष्ट्रिय स्तरको सेमिनारमा ली विशेष अतिथिको रूपमा उपस्थित हुने छन् । नेपाल मार्सल आर्ट्स हाप्किडो संघको निमन्त्रणमा उनी नेपाल आउन लागेका […]