प्रहरी भर्ना रोक्न माग गर्दै मधेस प्रदेशद्वारा सर्वोच्च अदालतमा मुद्दा दर्ता

धनुषा – मधेस प्रदेशको आन्तरिक मामिला मन्त्रालयले प्रहरी भर्ना रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको छ । प्रहरी समायोजन नगरी संघीय सरकारले प्रहरी भर्नाको विज्ञापन गरेर प्रदेशको क्षेत्राधिकार मिचेको भन्दै मधेस प्रदेशले मुद्दा दर्ता गराएको हो । रिटमा संघीय सरकारले आह्वान गरेको प्रहरी विज्ञापन रोक्न माग गर्दै प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाइएको छ । मधेस प्रदेशका आन्तरिक मामिला मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनको लागि बारम्बार ताकेता ग...