तीन दशकदेखि कान्तिपथ सडकलाई पर्यटकीय बसपार्कका रूपमा प्रयोग गर्दै आएका बस अब त्यहाँबाट हट्ने भएका छन् । राजधानीबाट देशका विभिन्न पर्यटकीय गन्तव्यमा दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक बोकेर आवतजावत गर्ने बसलाई सोह्रखुट्टेस्थित सडकमा सार्न लागिएको हो । बस आगामी असार १६ गते कान्तिपथबाट सोह्रखुट्टे सारिनेछ । गृह प्रशासन सुधार योजना बमोजिम गृहमन्त्रीको निर्देशनमा पर्यटक बसलाई अन्यन्त्र सार्न लागिएको हो ।