ताइवान आफ्नै देशको भूमि भन्दै चीनले व्यापक सैन्य अभ्यास गरेपछि त्यसको जवाफमा ताइवानले पनि अभ्यास थालेको छ । गम्भीर चेतावनी र आपत्तिका बीचमा पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले एक हप्तासम्म ताइवान वरपरको क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको थियो । चीनको अभ्यासको जवाफमा ताइवानले पनि आज बिहीवार लाइभ अभ्यास गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।ताइवानले युद्ध भएमा आफू तयार रहेको सन्देश दिन आज अभ्यास गरेको खबरमा उल्लेख छ । ताइवानको आठौँ आर्मी ब्याचका प्रवक्ता लोउ वोइ जेले आज रक्षात्मक अभ्यासको...