श्रीलंकालाई हराउँदै किर्गिस्तान फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामाथि सोझो सेटमा जित निकाल्दै उपाधिको बलियो दावेदार किर्गिस्तान बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा किर्गिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो […]

सम्बन्धित सामग्री

नेपाललाई हराउँदै बङ्गलादेश २३ वर्षमुनिकाे एसियन जाेन भलिबलकाे फाइनलमा

काठमाण्डाै – बङ्गलादेशमा चलिरहको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा पनि नेपाल पराजित भएको छ । यसअघि लागातार तीन वटै खेल हारेको नेपाल सेमिफाइनलको खेलमा पनि पराजित भएको हो ।  आज आइतवार भएको सेमिफाइनल खेलमा नेपाललाई आयोजक बङ्गलादेशले तीन–शून्यको सोझो सेटमा हराएको हो । अब बङ्गलादेशले फाइनलमा उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तान पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई हराएर फाइनल पुगिसकेको छ ।  नेपालले अब तेस्रो स्थानका लागि श्रीलङ्कासँ...

उज्वेकिस्तानलाई हराउँदै नेपाल बन्यो सेन्ट्रल जोनको च्याम्पियन

नेपाली महिला भलिबल टोली एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियन बनेको छ । साविक विजेता नेपालले आज उज्वेकिस्तानलाई हराउँदै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो ।बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० को जित निकालेको हो । नेपालले सन् २०१९ मा भएको एभिसी एसियन सेन्ट्रल जोनको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।पहिलो सेटमा १२–१७ ले पछि रहेको अवस्थामा नेपालले उत्कृष्ट पूनरागमन गर्दै २०–१८ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि लगातार अंक गुमाउँदा खेल २१–२१ को बराबरीमा पुग्यो । नेपालले ३ पटक सेट प्वाइन्टमा पुग्दै २६–२४ को रोमाञ्चक जित निकाल्यो । दोस्रो सेटमा भने कुनै पनि समय अग्रता लिन नसकेको नेपालले २४–२६ को नतिजामा चित्त बुझाउँदै सेट उज्वेकिस्तानलाई सुम्पियो । उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएपछि नेपालले एक अंक थप्दै खेलमा फर्किने संकेत गरेको थियो । त्यसपछि लगातार ३ अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा पुर्याएको भएपनि नेपालले १ अंक जोड्दा उज्वेकिस्तानले २ पटक सेट प्वाइन्ट लिँदै २६–२४ ले सेट जितेको थियो । तेस्रो सेटमा ११–११ को अवस्थाबाट भने नेपालले लगातार अग्रता बनायो । लगातार ७ अंक जोड्दै नेपालले १८–११ को अवस्था सिर्जना गर्यो । र, थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्यो । प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमायो । जसका कारण खेल पाँचौ सेटसम्म लम्वियो । निकै प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपाल १३–९ को अग्रता लिँदै जितको निकट पुग्यो । त्यसपछि २ अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्यो ।च्याम्पियनसिपमा कुल ६ खेलमा २१ सेट खेलेको नेपालले १८ सेटमा जित र ३ सेटमा हार ब्यहोर्यो । यस्तै श्रीलंकाले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।२३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारद्वारा नगदसहित पुरस्कृत

३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगद सहित पुरस्कृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेका हुन् ।  २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए । गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । सोही नेपाली टोलीलाई जनह