हिमाली जिल्ला मनाङमा एउटै चितुवाले ४४ वटा च्याङ्ग्रा र आठवटा भेडा मारेको छ । मनाङको नार्पाभूमि गाउँपालिकाअन्तर्गत फु गाउँमा खोरमा थुनिएका च्याङग्रा भेडा चितुवाले मारेको हो ।स्थानीय तेन्जिङ घलेको खोरमा राति थुनेको बेला हिम चितुवा पसेर ४४ वटा च्याङ्ग्रा मारेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । बुधबार बिहान च्याङ्ग्राको गोठमा पुगेका किसानले […]