नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि बारम्बार आक्रमणको प्रयास भएको बताएका छन् । लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।पहिलो संविधानसभाको निर्वाचनमा आफूलाई सिरहामा भौतिक आक्रमण गर्न खोजिएको उनको भनाइ छ । उनले आफूलाई मार्ने योजना बनाएर आक्रमण गर्न खोजिए पनि जनमुक्ति सेनाका कमान्डरले बचाएको बताए । ‘नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्