भारतीय विदेशमन्त्री एस जयशंकरले साउदी अरबसँग भारतले संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा सदस्यता पाउनुपर्ने बताएका छन् । जयशंकरले बदलिँदो वैश्विक परिस्थितिअनुसार सुरक्षा परिषद्मा बदलाव हुनुपर्ने धारणा राखेका हुन् । उनले यो बदलाव अन्तर्राष्ट्रिय सुरक्षा र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रासङ्गिकताका लागि आवश्यक भएको जिकिर गरे । जयशंकर शनिबार साउदी अरबको तीन दिने भ्रमणमा पुगेका थिए । साउदी अरबमा उनको यो पहिलो भ्रमण हो ।भारतले लामो समयदेखि सुरक्षा परिषद्मा सुधारको माग गरिरहेको छ । जयशंकरले भा