प्रकाशशरण महतलाई संकटोन्मुख अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी

मुलुकको अर्थतन्त्र संकटोन्मुख देखिएका बेला त्यसलाई सम्हाल्ने जिम्मेवारी लिएर नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पुष्पकमल दाहाल नेतृत्व सरकारको अर्थमन्त्री बनेका छन् । आर्थिक मामिलामा जानकार भएपनि विगतमा अरू मन्त्रालयमा काम गरेका महतले यसपटक अर्थकै जिम्मेवारी पाएका हुन् ।