पाल्पा क्षेत्र नम्बर २ बाट ठाकुर गैरेको नाम सर्वसम्मत सिफारिस

पाल्पा : नेकपा एमाले पाल्पाले पाल्पा क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि ठाकुर गैरेलाई उमेदवारको रूपमा सिफारिस गरेको छ।आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उमेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए। उनका अनुसार यो निर्णय जिल्ला कमिटीको बैठकमा पेश हुनेछ।उनले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए। उनले अनेरास्ववियुकाे केन्द्रीय अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्। युवा नेता गैरे हाल नेकपा एमाले पोलि