भारतमा जिन्सको कपडा लगाएको निहुँमा किशोरीको हत्या

काठमाण्डौ - भारतको उत्तर प्रदेशमा जिन्सको कपडा लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ। प्रहरीले किशोरीका हजुरबुबा र काकाले हत्या गरेका बताएको छ । जिन्सको पाइन्ट नलगाउन भने पनि नमाने पछि किशोरीमाथि कुटपिट भएको अनुसन्धानबाट खुलेको छ । कुटपिटकै कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ ।  हत्यामा संलग्न भएका हजुरबुबा र काकालाई प्रहरीले पक्रेको छ । गएको ४ गते पूजाका लागि निस्किएकी किशोरीले जिन्सको पाइन्ट र टप्स लगाएकी थिइन् । तर हजुरबुबाले त्यो कपडा लगाएर नजान भनेका थिए । जवाफमा किशोरीले आफू...