‘मैले एकजना व्यक्तिलाई मात्रै देखेँ । उनी जलिरहेका थिए र त्यसपछि उनी तल खसे । म आत्तिएँ ।’ यो जानकारी कृष्णास्वामीले दिएका हुन् । उनी बुधबार भएको उक्त हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी हुन् जसमा भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल बिपिन रावतको मृत्यु भयो ।उक्त दुर्घटनामा जनरल रावतकी श्रीमती मधुलिका रावत र हेलिकोप्टरमा सवार अन्य ११ जनाको पनि मृत्यु भयो । दुर्घटनामा बाँचेका एक्ला व्यक्ति क्याप्टेन वरुण सिंहको उपचार चलिरहेको छ । वायुसेनाले दुर्घटनाको कारणबारे