अकबरे खुर्सानी पछिल्लो समय ओखलढुङ्गाका किसानका लागि आयआर्जन गर्ने प्रमुख बाली बनेको छ । नेपाल र देश बाहिर रहेका नेपालीको रोजाइमा पर्ने यो खुर्सानी खेतीबाट छोटो समयमै मनग्य आम्दानी लिन सकिन्छ।
नगदेबालीमा पर्ने अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन थाले पछि जिल्लामा पछिल्लो समय किसानले व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । सहजरूपमा खेती गर्न सकिने र कम मिहिनेत पर्ने भएकाले पनि अकबरे खोर्सानीमा किसान उत्प्रेरित बन्दै गएका छन् ।