प्रचण्ड भन्छन् : धोका दिने केपी ओली, धेकेबाज भन्ने हामीलाई
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन्। अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गराउन खोज्नु कमजोरी नभएको प्रस्ट्याए। तर त्यसलाई...
अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।
काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालले नेपालको वामपन्थी आन्दोलनलाई धोका दिएको आरोप लगाएका छन् । उनले अहिलेपनि एमाले नेपालको पहिलो नम्बरको पार्टी भएको भन्दै आगामी निर्वाचनमा पनि पहिलो पार्टी हुने दाबी गरे । उनले एमालेलाई पहिलो पार्टी बनाउने काम आफूले नै गरेको पनि जिकिर गरे । […]