काठमाडौंको उपमेयरमा झण्डै तेब्बर मतान्तरले सुनिताको अग्रता

काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले झण्डै तेब्बरको मतान्तर बनाएकी छन् । उनले एकीकृत समाजवादी पार्टीका उम्मेदवार रामेश्वर श्रेष्ठले भन्दा झण्डै तेब्बर मत पाएकी हुन् । बिहीबार राति १० बजे जानकारी गराइएको आधिकारिक विवरण अनुसार सुनिताले २३२९२ मत पाउँदा श्रेष्ठले मात्र ८२७३ मत पाएका छन् ।