काठमाण्डाै - प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सबै पक्ष चनाखो रहनुपर्ने बताउनुभएको छ ।
सेनाले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयक दुई दिने सेमिनारको हिजो समापन गर्दै प्रधानसेनापति शर्माले सीमा क्षेत्रमा चुनौती बढ्दै गएकाले सबैले चनाखो भएर काम गर्नुपर्ने बताउनुभएको हो ।
सम्बोधनकै क्रममा प्रधान सेनापति शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भए तापनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ बनाउन सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी तथा ...