प्यूठान जीप दुर्घटनाः मृत्यु भएका ८ मध्ये एकै परिवारका तीन जना

प्यूठानमा शुक्रवार राति जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएकामध्ये एकै परिवारका तीन जना परेका छन् ।  नेपाली कांग्रेस गौमुखी गाउँपालिका उपसभापति बसन्त खड्का, उनकी श्रीमती बसन्ती र छोरी एलिसाको पनि मृत्यु भएको छ । खड्काका एक छोरा भने जन्तमा सहभागी थिएनन् ।  कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले दुर्घटनापछि गाउँ शोकमा डुबेको बताए । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।  ‘हाम्रो पार्टीको गाउँपालिका उपसभापतिसहित उहाँको परिवार दुर्घटनामा पर्‍यो,’ गौम...