इन्डोनेसिया र उज्वेकिस्तानमा हुने भनिएको उमेर समूहको एसियन महिला कप रद्द

काठमाण्डाै - सन् २०२२ मा इन्डोनेसिया र उज्वेकिस्तानमा हुने भनिएको उमेर समूहको एसियन महिला कप रद्द भएको छ । एसियन फुटबल महासङ्घले इन्डोनेसियामा हुने तय भएको १७ वर्षमुनिको महिला एसियन कप र सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी २० वर्षमुनिको महिला एसियन कपलाई रद्द गरेको हो । एएफसी कार्यसमिति बैठकले स्वास्थ्य जोखिमका कारण दुवै प्रतियोगितालाई नगर्ने निर्णय गरेको जनाएको छ । अब दुवै प्रतियोगिता सन् २०२४ मा हुनेछन् । यस्तै एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता सरेको छ । अक्टोबरमा तय भएको छनोट प्रतियोगिता सरेको हो । छ...