फ्रान्स : गिरोन्डे क्षेत्रको आगो नियन्त्रणबाहिर, पानी खन्याउने विमानसहित १ हजार अग्नि नियन्त्रक परिचालन

फ्रान्सको गिरोन्डे क्षेत्रमा लागेको आगो नियन्त्रणबाहिर गएको छ । लगातार तीन दिनदेखि एक हजार जनाभन्दा धेरै अग्नि नियन्त्रकले पानी बोक्ने विमानसहितको सहायतामा आगो निभाउन प्रयास गरे पनि अवस्था नियन्त्रणबाहिर गएको समाचार संस्था रोयटर्सले जनाएको छ । वाइन उत्पादनको केन्द्र मानिएको गिरोन्डेको बोर्डो नजिकै यो हप्ताको सुरुदेखि भीषण आगलागी भइरहेको छ । यो आगलागी फ्रान्समा अहिलेसम्म भएको ठूला आगलागीमध्येको एक भएको समाचारमा उल्लेख छ । आगलागीका कारण हजारौँ नागरिक घर छाडेर भागेका छन्, दर्जनौँ सार्वजनिक संरचना ध्वस्त भएका छन्...