काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा विवाद र मनोमानी हुने कार्यलाई रोक्न खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने नीति नै लिएको छ। उक्त योजनासँगै केही स्थानीय तहहरूले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिसकेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाका आधारमा गत वैशाखमा नै प्रधानाध्यापकहरूको नियुक्ति गरेको छ। नगरपालिकाले नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ नै ज