काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताउनु भएको हो। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित तुल्याएको गुनासो गरे। पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्