काठमाण्डाै – पोखराबाट झण्डै दुई लाख अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङ १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त टोलीले उनलाई काठमाण्डौबाट पोखरा जाँदै गरेको गाडी ज...