बाराको सिम्रौनगढमा झडप, मतदान रोकियो

३० वैशाख, बारा । बाराको सिम्रौनगढ नगरपालिका-२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको थियो ।

सम्बन्धित सामग्री

बाराको सिम्रौनगढमा झडप हुँदा मतदान रोकियो

बाराको सिम्रौनगढ नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ ।