ट्वाइलेटमा गर्ने यो गल्तीले डुबाउँछ तपाईंको स्वास्थ्यलाई

तपाईं दिसापिसाब गर्न जाँदा मोबाइल फोन लिएर जानुहुन्छ ? हो भने आजैबाट यसो गर्न बन्द गरिहाल्नुुस् ।  यस खराब बानीले तपाईंलाई अनेकथरी संक्रमणको शिकार बनाउन सक्छ । त्यति मात्र नभई गम्भीर स्वास्थ्य समस्या पनि तपाईंलाई आइलाग्न सक्छ ।    पहिलापहिला केही मानिस शौचालयमा पत्रिका वा किताब पढ्ने गर्थे । आजकल उनीहरू स्मार्टफोन लिएर जान्छन् र त्यहाँँ घन्टौं बिताइदिन्छन् ।  शौचालयमा अन्य ठाउँभन्दा बढी कीटाणु भेटिन्छन् । त्यहाँ धारा, ह्यान्ड ड्रायर र ढोकाको चुकुलमा सबभन्दा बढी कीटाणु हुन्छन् जसलाई हामी देख्न सक्दैनौं ।...