बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ । स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ सोमबार औपचारिक रुपमा जिल्लाका १६ महिनादेखि २३ महिनाका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडा र पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।जिल्लाका सबै स्थानीय तहह