७० वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट सञ्चालनमा आएको छ ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हुँदै बिहीबार बिहान यति एयरलाइन्सको एटीआर–७२ विमानले भैरहवा–काठमाडौँका लागि पहिलो उडान भरेसँगै विमानस्थल सञ्चालनमा आएको हो । योसंँगै सो विमानस्थलबाट उडान-अवतरण सुरु भएको छ । आन्तरिकका लागि नयाँ धावनमार्ग बिहीबारबाट सञ्चालनमा ल्याइएको नेपाल नागरिक […]