काठमाडौं : अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुवईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले थाहाखबरलाई जानकारी दिएको छ। भर्ना भएर उपचाररत ती व्यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ।‘मङ्की पक्स’ के हो ‘मङ्की पक्स’ दुर्लभ भाइरल संक्रमण हो। यो पश्चिम र मध्य अफ्रिकाका केही भागमा संक्रमित जंगली जन