सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार गरेर स्वीकृतका लागि सोमबार मन्त्रिपरिषद् पठाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको उक्त निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेकै दिनबाट कार्यान्वयनमा आउने जनाइएको छ ।