श्रीलङ्का सरकारले मे महिनादेखि तीन महिनाका लागि विद्यमान आर्थिक सङ्कटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ । एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, “मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत को व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको र सरकारले यसै आवश्यकतालाई महशुस गरी यो कदम लिन लागेको हो ।” उनले भने, “विश्व बैंक समूह अन्तर्गत सङ्कटमा आकस्मिक प्रति